नो एमसीसी लेखिएको प्रेसर कुकर बम नभएको पुष्टि

१६ फाल्गुन २०७८, सोमबार १४:१८

नो एमसीसी लेखिएको प्रेसर कुकर नयाँ बानेश्वरस्थित संसद भवन अगाडी राखिएको बस्तु बम नभएको पुष्टि भएको छ।बम भएको आशंका नेपाली सेनाले डिस्पोज गर्दा बम नभएको पुष्टि भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

आइतबार नो एमसीसी लेखिएको प्रेसर कुकर बम जस्तै बनाएर राखिएको फेला परेको थियो।
एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा विप्लवसहितका दलले आइतबार नेपाल बन्द गरेका छन्। उनीहरुले नै नक्कली बस्तु राखेर त्रसित पार्न खोजेको प्रहरीको आशंका छ।

बम भएको आशंकामा नयाँ बानेश्वर चोकदेखि शान्तिनगरको बागमती पुलसम्म यातायात बन्द गरिँदा केही बेर त्यो क्षेत्र प्रभावित भएको थियो।