आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफल चलिरहेको छ।
एमाले सांसदहरूले भने वेल घेराउ गरिरहेका छन्। यसमा सांसदहरूले भाग लिएर आफ्ना धारणा राखिरहेका छन्। एमालेले विरोधमा वेल घेराउ गरिरहे पनि एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिए।
सांसदमा एमालेको अवरोध छेकिरहेकी एक मर्यादापालक भने बेहोस् भएकी छन्। उनी उभिएकै ठाउँमा बेहोस् भएर ढलेकी हुन्।
