एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने एसको निर्णय

१५ फाल्गुन २०७८, आईतवार १५:०९

एमसिसी व्याख्यात्मक घोषणासहित नेकपा एकिकृत समाजवादीले पारित गर्ने निर्णय गरेको छ। व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने आज बानेश्वरमा बसेको पार्टीको बैठकले निर्णय गरेको हो।

व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्। एमसिसी पारित गर्न पार्टीले सर्वसम्मत निर्णय गरेको उनले बताइन्।

आज बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।