
एमसीसीविरुद्धको आन्दोलनबाट पछि हटेर प्रदर्शनस्थल नयाँबानेश्वर नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्र्ताहरूले छाडेका छन् ।
माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरू प्रदर्शन गर्नबाट पछि हटेका हुन् ।
एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् ।
बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् ।
