
अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न आज अपरान्ह १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । उक्त बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ ।
एमसीसीमा सहमति नजुटेपछी सुचना टाँस गरी शुक्रबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल हुने बताइएपनि दलहरुबीच ठोस सहमति बन्न बाँकी छ ।
तर संसदबाट एमसीसी अनुमोदन गर्ने बारे दलहरु भने आपसी छलफल र परामर्शमा ब्यस्त भएका छन । गठबन्धन नभत्किने गरी एमसीसी अगाडी बढाउने गरी सहमतिको प्रयास भैरहेको नेताहरुले बताएका छन् ।
