देशले गम्भीर मूल्य चुकाउनु पर्छ : प्रदीप ज्ञवाली

१३ फाल्गुन २०७८, शुक्रबार १७:२७

सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसिसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको प्रदीप ज्ञवालीले बताएका छन् । देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

उपमहासचिव ज्ञवालीले संसद अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभई दलीय व्यवस्था प्रणालीको लागि लडिरहेको पनि बताए । आज संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमसिसीलाई लिएर सरकारमा रहेका गठबन्धन दलहरूले जुन ब्लन्डर गरेका छन्,। यसको मूल्य देशले धेरै महंगो चुकाउनु पर्छ । यो अमेरिका र नेपाल दुई देशसँग सम्बन्धित कुरा हो, अघि बढाउने नबढाउने भन्ने । तर यसमा उहाँहरूले गिजोल्दा गिजोल्दा भूराजनीतिक विषय बनाउनु भएको छ । एमसिसीको विषयलाई लिएर शक्ति राष्ट्रहरूले नेपालको विषयलाई लिएर तानातान गर्नुपर्ने स्थिति निम्त्याएको उहाँहरूले हो ।’