
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा दुई नेताबीच सिंहदरबारमा भएको भेटमा कुराकानी भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढीमा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल काठमाडौं आएलगतै भेटेका थिए । त्यसपछि पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।
