एमसीसी जर्बजस्ती अनुमोदन गर्न खोजे मुलुक दुर्घटनामा फस्ने : नेता झलनाथ खनाल

१३ फाल्गुन २०७८, शुक्रबार १४:२४

अमेरिकी सहायता परियोजना एमसीसी जर्बजस्ती अनुमोदन गर्न खोजे मुलुक दुर्घटनामा फस्ने नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जर्बजस्त अनुमोदन गर्न खोजे मुलुक दुर्घटनातर्फ उन्मुख हुने संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै नेता खनालले बताए ।

देश र जनता रोज्ने की एमसीसी रोज्‍ने त्यो प्रधानमन्त्रीको विषय हो खनालले भने,। नेता खनालले एमसीसीले जनता, संसद् र गठबन्धनमा विभाजन ल्याएकाले राष्ट्रिय सहमति बिना केही नहुने बताए । उनले अझै पनि एमसीसीका बारेमा सहमति खोज्न सकिने बताए ।

एमसीसी अनुमोदन गर्ने नाममा नेकपा एमालेसँग कांग्रेसले सहकार्य गर्न खोजेको हो भने त्यो दिवासप्‍ना मात्र हुने खनालको भनाइ छ।