
एमसिसी पास र फेल जे भए पनि सत्ता गठबन्धन कायम राख्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । ‘शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमसिसी पास र फेल जे भएपनि राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन एक ठाउँमा छ उनले भने।
कुनै पनि देशको सैन्य गठबन्धकको क्रियाकलापमा सहभागी हुन नसक्ने अध्यक्ष नेपालले बताए । नेपालको भूमिबाट छिमेकी देशको असर पर्ने काममा आफ्नो दल नरहेको समेत बताए । नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध उनको भनाइ छ ।
संसदमा एमसीसीबारे नीति अवलम्बन गर्ने विषयमा दलहरूबीच गम्भीर छलफल भइरहेकोअध्यक्ष नेपालले बताए । साथै यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने पार्टीले निर्णय गरेको उल्लेख गरे ।
