नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर कारोबारमा कडाई गरेको छ । एक प्रतिशत वा त्यो भन्दा धेरै संस्थापक सेयर भएको सेयरधनीले अन्य संस्थाको संस्थापक सेयर खरिद वा बिक्री गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले निर्देशन जारी गर्दै कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद/बिक्री गर्नुपूर्व अनिवार्य रुपमा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।
