एमसीसीको विषयमा ओली सँग प्रधानमन्त्री देउवाको छलफल

१२ फाल्गुन २०७८, बिहीबार १५:३७

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू र प्रधानमन्त्री शेरबहादुर देउवाबीच नयाँ बानेश्वरमा छलफल भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गरेपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग संवाद बढाएको छ ।

आज संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गरेको हो ।