एमसीसीको विरोधमा राप्रपाका भातृ संगठनहरुले प्रदर्शन

१२ फाल्गुन २०७८, बिहीबार १५:०९

यथास्थितिमा एमसिसी अघि बढाउन नहुने भन्दै एमसीसीको विरोधमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका भातृ संगठनहरुले प्रदर्शन गरेका छन् । एमसीसीको विरोधमा राप्रपाले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो ।

सभालाई राप्रपाका नेताहरुले सम्बोधन समेत गरेका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए अनुसार बबरमहलबाट शुरु भएको र्‍याली बानेश्वर पुगेर सभामा परिणत भएको हो। राप्रपाले एमसीसीको विरोध गर्दै संशोधन बिना संसदबाट पास हुन नहुने बताउँदै आएको छ ।