
अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मतदान गर्ने भएको छ।
एमसिसीका पक्षमा मतदान गर्ने निर्णय बुधबार बसेको लोसपा संसदीय दलको बैठकबाट भएको सांसद चन्दा चौधरीले जानकारी दिइन्।
‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’
