
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुन नेकपा (एकीकृत समाजवादी)ले रणनीति तय गर्दैछ ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ ।
पार्टीका उपमहासचिव गंगालाल तुलाधारले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको जानकारी दिए ।
आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ ।
अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने भएको छ ।
