
गृहमन्त्री बालकृष्ण खाण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न मंगलबार साँझ ओलीसँगै अरू एमाले नेताहरू बालुवाटार पुगेका थिए।
एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा सघन छलफल भइरहेको छ। बालकोटमा ओली र गृहमन्त्री खाणबीच एमसिसीकै विषयमा छलफल भएको स्रोतले बताएको छ।
