
कलाकार जयनन्द लामा आफ्नै घरमा मृत भेटिएका उनको निधन रहस्यमय बनेको छ । मंगलबार बेलूकी घरबाट एउटा भेटघाटका लागि निस्किएका लामा राती २ बजे घर पुगेको देखिएको छ ।
उनको निधन रहस्यमय र शंकासपद भएको घरको पारिवारका सदस्यले आशंका गरेका छन् ।भक्तपुरको कौशलटारस्थित आफ्नै घरको परिसरमा गाडीमा खुट्टा र घुईंमा टाउको रहेको अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
बिहान गाडीको ढोकामा खुट्टा रहेको, टाउको भुई्रमा भएपनि चोट लागेको अवस्थामा शव भेटिएपछि उनको मृत्युबारे अनेक शंका उत्पन्न भएका छन् । उच्च रक्तचापबाट ग्रसित लामाको मृत्युको कारण खुलेको छैन ।
