दीघरोगीहरुलाई गाउँपालिकाद्धारा आर्थिक सहयोग वितरण

१० फाल्गुन २०७८, मंगलवार १२:४४

मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पाल्पाको रिब्दीकोट गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिकाले दीघरोगीहरुलाई यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो।

गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ। जुन कोषबाट विपन्न परिवारका नागरिकले एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए। प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ।

गाउँपालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाीक अभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए।

गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारी बताउछन्। रिब्दीकोट गाउँपालिका अध्यक्ष जिसीले गाउँपालिकाभित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको उनले बताए।