एमसीसी संसदमा टेबल भए पनि पास गर्न समर्थन गर्न नसकिने : माधवकुमार नेपाल

९ फाल्गुन २०७८, सोमबार १३:४४

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे देखि बसिरहेको छ । आज दिउँसो १ बजे देखि बसिरहेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका हुन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हिजो आइतबार को संसद बैठकमा एमसीसी परियोजना टेबल भएपश्चात् असन्तुष्टि जनाएका थिए । एकीकृत समाजवादीका भातृ संगठनलगायत एमसीसी विरोधी दलहरुको प्रदर्शनका कारण बानेश्वरस्थित संसद भवन परिसर तनावग्रस्त बनेको थियो ।

तर, प्रतिनिधिसभा संसदको बैठकपछि पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल भए पनि पास गर्न समर्थन जनाउन नसकिने संक्षिप्त प्रतिक्रिया दिएका थिए । एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो ।