जनतालाई यथार्थ जानकारी गराउन एमसीसी टेबल गरिएको हो : मन्त्री दिलेन्द्रप्रसाद बडू

८ फाल्गुन २०७८, आईतवार १८:१०

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा टेबल गरिएको कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्।

जनतालाई यथार्थ जानकारी गराउन एमसीसी परियोजना अनुमोदनका लागि संसदमा टेबल गरिएको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्।

एमसीसीका बारेमा सडक र बाहिर व्यापक विरोध भइरहे पनि संसदमा कुनै पनि छलफल र बहस नभएकाले संसदमा टेबल गर्नुपरेको मन्त्री बडूको भनाइ थियो।

‘संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो,’ उनले भने, ‘अब संसदमा छलफल र बहस हुन्छ। पास वा फेल जे भए पनि संसदमै हुन्छ।’