
अमेरिकी सहायता परियोजना एमसीसी संसदमा जस्तोसुकै परिस्थितिमा टेबल गर्ने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
आफ्नो माग पूरा नभएको भन्दै एमालेले संसद अवरोध कायमै राख्ने जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिले बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने जनाएको छ ।
एमालेको अवरोधका बीच पनि एमसीसी टेबल हुने नेपाली कांग्रेस प्रवक्ता महत बताएका छन्। ‘जस्तोसुकै परिस्थिति भए पनि अगाडि बढ्छ । टेबल हुन्छ । गठबन्धनका दलहरु एकमत छन् । पार्टीभित्रको विवाद कुरा सामान्य हो,’ उनले भने ।
महतले नेपालको सडक र विद्युत प्रसारण लाइनका लागि आएको सहयोग परियोजनामा छरिएका भ्रम पनि टेबल भएसँगै निवारण हुने दाबी गरे । ‘दुधको दुध पानीको पानी सदमा हुन्छ । भ्रमको पर्दा खुल्छ । ७२ घण्टा दिएर छलफल हुन्छ,’ उनले भने ।
