चर्को विरोधका बीच एमसीसी संसद्मा पेश

८ फाल्गुन २०७८, आईतवार १४:१९

प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसी टेबल भएको छ। अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गरेका हुन्।

कार्कीले एमसीसी टेबल गरिरहँदा माओवादी, एकीकृत समाजवादी, नेमकिपा, राजमो लगायतका सांसद्हरु आफ्नो कुर्सीबाट उठेर नाराबाजी गरेका थिए।