
आजै संसद्मा एमसीसी टेबुल गर्ने तयारी भैरहेका बेला काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । सत्तारुढ गठबन्धनका दलहरु नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका भातृ संघठनहरुले एमसीसीको विरोध गरेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी आज एमसीसी संसदमा टेबुल गर्न सहमत भएपनि उनीहरुका भातृ संघठनहरु एमसीसीको विरोधमा उत्रिएका हुन् । आजै संसदमा एमसीसी टेबुल गर्ने तयारी भैरहेका बेला काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ भने प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरी लागिपरिरहेको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीका फोहोरा हानेको छ। सरकारले एमसीसी संसदमा टेवुल गर्ने तयारी गरिरहँदा सडकमा यसको विरोध भइरहेको हो ।
