एमसीसी टेबुल गर्न भएको सहमतिप्रति नेता झलनाथ खनालको आपत्ति

८ फाल्गुन २०७८, आईतवार १२:५९

एमसीसीलाई संसद बैठकमा टेबुल गर्न शीर्ष नेताहरुबीच भएको सहमतिप्रति नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसिसी पारित हुन नसक्ने भन्दै आपत्ति जनाएका छन्।

एमसीसी सम्झौता करार सम्झौता भएको हुनाले संसदमा लैजानै पर्दैन भन्दै उनले शीर्ष नेताहरुले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्। ‘यसरी टेबुल गर्ने भन्ने कुरामा हाम्रो पार्टीको कुनै निर्णय छैन,’ उनले भने ।’

यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भने अब सबै कुरा संसद्‌मै राख्ने बताएका छन्।