
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा सत्ता गठबन्धनका तीन दल भेला भएका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादव उपाध्यक्ष अशोक राई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठ एमसिसीबारे साझा धारणा बनाउन कोटेश्वरमा भेला भएका छन्। उक्त बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री समेत सहभागी भएको अध्यक्ष नेपालका सहयोगी मोहन गौतमले जानकारी गराए।
एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै छ। त्यस अघि आ–आफ्नो पार्टीको धारणा तय गर्न सत्ताधारी तीन दलको बैठक बसेको हो। एकीकृत समाजवादी एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेको छ भने माओवादी केन्द्रले एमसीसीको विपक्षमा मत दिने बताउँदै आएको छ।
