
पाँचदलीय सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू एमसीसीका विषयमा सहमति जुटाउन छलफलमा जुटेका छन् । गठबन्धनका नेताहरूबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीले हिजो मात्रै एमसिसी टेबल गर्ने निर्णय गरेसँगै गठबन्धनका नेताहरू आज छलफलमा जुटेका हुन् ।आजको संसदमा एमसिसी टेबल हुनसक्ने संभावना बढेको छ । आजै दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गरिएको छ ।
संसद्मा एमसीसी सम्झौता टेबल गराउने विषयमा निष्कर्षमा पुग्न बैठक बसेको नेताहरूले बताएका छन् ।
