एमसीसी टेबल गराउन सभामुखलाई ‘प्रचण्ड’को आग्रह के अब एमसीसी टेबल होला त ?

८ फाल्गुन २०७८, आईतवार १०:२१

एमसीसी टेबल गराउन सभामुख अग्नी सापकोटालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गर्न थालेका छन् । एमसीसी टेबल गर्नेबारे सभामुख सापकोटासँग भूराजनीतिको दवावमा परेका प्रचण्डले शनिबार छलफल गरेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टी समेत एमसीसी टेबल गर्न दिन सहमत भएपछि प्रचण्ड थप दवावमा परेका छन् ।

शनिबारको भेटमा प्रचण्डले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थीति सम्झाउँदै एमसीसी टेबल गरिदिन सभामुख सापकोटालाई आग्रह गरेको स्रोतले बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सभामुख सापकोटासँग निर्णायक छलफल गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।

एमसीसी कुनैपनि हालतमा टेबल नगर्ने अडानमा रहेका सभामुख सापकोटा प्रचण्डसँगको भेटपछि केही लचिलो बनेका छन् । आज बस्ने सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने नगर्नेबारे निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।