२० लाख ६७ हजारले भरे, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने दिन आज अन्तिम

८ फाल्गुन २०७८, आईतवार ०९:०३

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज फागुन ८ गते आइतबार अन्तिम दिन रहेको छ ।

फागुन ४ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुला भएको आईपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले मेरो सेयर मोबाइल एप, वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरीदका लागि आवेदन दिन सकिन्छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयरका लागि सर्वसाधारणले माग गर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले लघुवित्तको साधारण सेयर लाई ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्था समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा तेस्रो दिन शुक्रबार सवा पाँच बजेसम्ममा २० लाख ६७ हजार वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन ६ गते साँझ ५ः२२ बजेसम्ममा २० लाख ६७ हजार ४४३ वटा आवेदन परेको हो । उल्लेखित आवेदनबाट २ अर्ब ४१ करोड ६८ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४१ लाख ६८ हजार ६४० कित्ता सेयरको माग भएको छ । जुन सर्वसाधारण जारी भएको सेयर संख्याको ३०.४२ गुणा बढी हो ।

तेस्रो दिनको आवेदनबाट नै १९ लाख ८७ हजार ९९३ जनाले सेयर नपाउने तथ्याङ्क देखिएको छ ।