एमसीसी खारेजको माग गर्दै विरोध प्रदर्शन

६ फाल्गुन २०७८, शुक्रबार १६:४३

आज पनि नयाँ बानेश्वरमा अमेरिकी परियोजना एमसीसी सम्झौताको विरोधमा प्रदर्शन भएको छ ।उक्त एमसीसीको विरोधमा प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा लगाएतका राजनीतिक दलका नेता तथा कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए ।

निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ एमसीसी खारेज गर लगायतका नारा लगाउदै नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।