
एमसिसीकै कारण कुनै हालतमा गठबन्धन नटुट्ने नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसिसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने विश्वास व्यक्त गरेका हुन् । उनले उक्त कुरा आज संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बताएका छन्।
गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसिसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकिर गरे। एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्दा भएकाले जनतको भावनाहरुले यसलाई टुंगोमा पुर्याउनुपर्ने धारणा राखे।
खनालले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वाभाविक रहेकाले आंशका नगर्ने बताए।
