नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।
उनीहरु सिंहदरबारमा अहिले छलफलमा बसिरहेको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी गराएका छन् । साँझ सत्तारुढ गठबन्धनको बैठक बस्ने भनिए पनि यी दुई नेताले छुट्टाछुट्टै बैठक गरेका हुन् ।
एमसिसीबारे यो गठबन्धनको निर्णायक बैठक हुने भनिएको छ । आज साँझ पाँच बजे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् ।
एमसिसी पारित हुनुहुन्न भन्ने अडानमा रहेका प्रचण्ड र नेपाल भेट भएका हुन् । बुधबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी पारित गर्न नहुने निर्णय गरेको छ ।
