
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको बैठक बस्न अघि एमसीसीबारे निर्णय लिन आज दुई नेताबीच छलफल भएको हो ।
गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।
काँग्रेस सभापति समेत रहेका देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादीले सरकारसम्म छाड्ने धम्की दिएको छ ।
