
अमेरिकी सहायता परियोजना (एमसीसी) शुक्रबार बस्ने संसद् बैठकमा टेबुल हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्।
मन्त्री बडूले दुई दिनभित्र सत्तारुढ गठबन्धनका दलहरूबीच सहमति जुटाएर शुक्रबार एमसीसी टेबुल गर्ने आजको संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बताएका हुन्।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै एमसीसी टेबुल गर्ने प्रयास गरेका थिए। सो प्रस्ताव कार्यव्यवस्थाको बैठकमा पनि सरकारको तर्फबाट प्रस्तुत भएको थियो।
तर, सत्ता साझेदार दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती रूपमा अघि बढाइए गठबन्धन छाड्ने निर्णय गरेपछि एमसीसी अघि बढेन। पार्टीको बैठकलगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए। देउवा र प्रचण्डको भेटपछि एमसीसी टेबुल भएन।
