
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले जगत वलीसँग कुराकानी गर्ने क्रममा अश्लिल शब्द बोलेको भिडिओ भाईरल भएको छ । विवादमा मुछिएका मन्त्री आलेले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
यद्धपी उनले आफू पनि मानव भएको कारण मानवीय गल्ती हुने स्विकार्दै जनतासँग माफी मागेका छन् । उनले उक्त कार्यक्रममा राजीनामा दिनुपर्ने कुनै कारण र आधार नभएको बताएका छन् । भ्रष्टाचार र नचाहिने काम नगरेकाले राजीनामा नदिने बताए ।
उनले उक्त कार्यक्रममा सम्मानीय प्रधानमन्त्रीज्यूको पनि मानमर्दन हुनेगरि सामाजिक सञ्जालमा पोष्ट भएको कुरा पनि बताएका छन्। उनले आफूबाट पनि सामान्य त्रुटि भएको भन्दै त्यसको लागि जनतासँग आफूले क्षमा मागेको समेत सुनाए ।
