नेप्सेमा हरियाली ! सर्बाधिक कुनकुन कम्पनीको काराेबार भयो ?

३ फाल्गुन २०७८, मंगलवार १५:३८

नेपाल एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से आज मंगलबार ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको छ ।

त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १०.८३ अंकले बढेको छ।

कुल २ सय २४ सेयर कारोबारमा सामेल हुँदा ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४३ हजार ५ सय १९ पटकको उक्त किनबेचमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ।

आज सबै उपसमूहको सूचक हरियो छ।

आज ङादि हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। कम्पनीको सेयर ४४ रुपैयाँ प्रतिकित्ता दरले बढेर ४८९.५० रुपैयाँमा कारोबार बन्द भएको हो।

त्यस्तै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले पनि आज ८.७० प्रतिशत आम्दानी गरेका छन्। यसबाहेक हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ७.७५ प्रतिशत, कालिका पावर कम्पनीका सेयरधनीले ७.६५ प्रतिशत र छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७.६१ प्रतिशत कमाएका छन्।

त्यसैगरी आज सबैभन्दा धेरै गुमाउनेमा एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ता छन्। उनीहरुले ३.१४ प्रतिशत गुमाएका छन्। अन्य लगानीकर्ताले योभन्दा कम दरमा गुमाएको नेप्सेले जनाएको छ।

सर्वाधिक कारोबार आज २२ करोडसम्मको भएको छ। हिमालयन डिस्टिलरीको उक्त कारोबार भएको हो। यसबाहेक नेशनल हाइड्रोपावर, नेपाल टेलिकमको पनि १८÷१८ करोडको कारोबार भएको छ।