भोलि प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने

३ फाल्गुन २०७८, मंगलवार १५:१४

बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबुल हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन्।

आफूले सभामुख अग्नि सापकोटासँग यस बारे छलफल गरेको कांग्रेस संसदीय दल बैठकमा मंगलबार प्रधानमन्त्री देउवाले जानकारी दिए। महामन्त्री गगन थापाले बताएअनुसार एमसिसी टेबुल हुनेमा प्रधानमन्त्री देउवा विश्वस्त रहेको जानकारी उनले सांसदहरुलाई गराएका थिए।

कांग्रेस संसदीय दलले एमसिसी परियोजना संसदबाट अगाडि बढाउने निर्णय गरेको थियो।