नेपाली साहित्यकार शर्माको ८७ वर्षको उमेरमा निधन

३ फाल्गुन २०७८, मंगलवार १२:५२

नेपाली साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ। उनी झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार थिए। उनको ८७ वर्षको उमेरका मंगलबार बिहान निधन भएको हो।

उनको जन्म : १९९१ असार ९, गते इलामको बरबोटेमा भएको थियो । इलामको बरबोटेमा  जन्मेका उनले सँस्कृत शिक्षाबाट पढ्न सुरु गरेका थिए। शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए।

उनले लेखेका ‘बेलायतीर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन्। उनले ‘घनघस्याको उकालो काट्ता’ बाट नियात्रा लेख्न शुरु गरेका थिए।