
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौज गरेको भन्दै सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै उक्तकुरा बताएका छन् ।
सूर्य थापाले लेखेको स्टाटस जस्ताको तस्तै “माधव कु. नेपालका रोलमोडेल मन्त्रीको एकीकृत समाजवादी पार्टी भाषा शरमहीन अधोपतनका रूपमा सार्वजनिक भएछ। सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की। अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भएरगरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ !
एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस् ! पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो। खासमा जे रोपियो, त्यही त फल्यो ! एउटा सुझाव( उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस् ।
र, श्री माधव कु. नेपाल महोदय यस्ता बेशरमका व्यक्तिलाई मन्त्रीको कुर्सीमा राखेर पौने तीन करोड सभ्य नागरिकमाथि अझै कति र कस्तो शासन गरिरहनु हुन्छ ? कालो रूमालले मुख छोपेर हिड्न थालिहाल्नुहोस् ।”

