नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो सम्पूर्ण सेयर ६ अर्ब १८ करोडमा बेच्दै आईएफआईसी बैंक

३ फाल्गुन २०७८, मंगलवार ०७:५५

आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको आफ्नो सम्पूर्ण सेयर ४ अर्ब ३९ करोड बंगलादेशी टाटा (६ अर्ब १८ करोड रुपैयाँ) मा बेच्ने भएको छ। चौधरी ग्रुपकी सारिका चौधरीले ६१८ दशमलव ७ करोड रुपैयाँमा बैंकको सेयर खरिद गर्नेछिन्।

सूचीकृत ऋणदाताले नेपाल बंगलादेश बैंकको सम्पूर्ण संस्थापक सेयर बेच्ने निर्णय गरेको आईएफआईसी बैंकले आज ढाका स्टक एक्सचेन्ज (डीएसई) वेबसाइटमा प्रकाशित खुलासामा जनाएको छ।

नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायको स्वीकृति लिएर बिक्री सम्पन्न गर्ने बैंकले जनाएको छ।

आईएफआईसी बैंकको सेयर किन्न एमभी दुगड ग्रुप र चौधरी ग्रुपले इच्छा देखाएका थिए।

आईएफआईसी बैंकको नेपालस्थित नेपाल बंगलादेश बैंकले नबिल बैंकसँग मर्जर गर्ने सम्झौता गरिसकेको छ।

नबिल बैंकका संस्थापक सेयरधनीहरुले सो बैंकको सेयर किन्न सक्ने छन्। चौधरी ग्रुपको नबिल बैंकमा लगानी रहेको छ।