नेपाल धितोपत्र बोर्डको नेतृत्व सोमबार आउने सम्भावना

२ फाल्गुन २०७८, सोमबार १४:००

नेपाल धितोपत्र बोर्डको नेतृत्व सोमबार आउने सम्भावना बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल संयोजक रहेका अध्यक्ष छनोट सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनाको नम्बर दिएर अर्थ मन्त्रालयमा पठाइसकेको छ ।

अर्थ मन्त्रालय र योजना आयोगका कर्मचारी मिलेर उनीहरूको नम्बर काउन्ट गरी सबैभन्दा बढी नम्बर ल्याउने पहिलो, दोस्रो र तेस्रो व्यक्तिलाई मन्त्रीपरिषदमा आजै लगिने स्रोतको दाबी छ ।