इमर्जिङ्ग नेपाल लिमिटेडकाे आईपीओ निष्कासन

२६ माघ २०७८, बुधबार ११:१६

इमर्जिङ्ग नेपाल लिमिटेडले बुधवारदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।