तपाईं छुट्टाउनु भयो कि ? जाल्पा लघुवित्तकाे Ipo मा आवेदन दिने आज अन्तिम दिन

२५ माघ २०७८, मंगलवार ०७:२२

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ६ः१५ बजेसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकबाट २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ५५.८७ गुणाले बढी हो।

लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।