एनआइसी एशियाको सर्वश्रेष्ठ बचत खाता, ग्राहकलाई ८४ लाखसम्मको बीमा

२४ माघ २०७८, सोमबार १४:३८

एनआइसी एशिया बैंक लिमिटेडको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुने भएको छ ।

बैंकले यसअघि १ वर्ष अवधिसम्म उपलब्ध गराउँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको हो ।

बैंकले यही कार्तिक १ गतेदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो।

बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति रहेको छ । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलीयत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको हो । मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।