जाल्पा लघुवित्त वित्तीय संस्थाको आइपिओमा ४५ गुणा बढी आवेदन

२४ माघ २०७८, सोमबार ०८:४९

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशनमा अत्याधिक आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट माग भएको ४४.५८ गुणा आवेदन परेको हो ।

सर्वसाधारणबाट कम्पनीले ४ लाख ८७ हजार ९०० कित्ता खरीदका लागि आह्वान गरिएकोमा आइतबारसम्म २ करोड १७ लाख ४९ हजार ४९० कित्ताको माग परेको हो ।

आइतबारसम्म १७ लाख ५४ हजार ५१७ जना आवेदकले आईपीओमा २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको आवेदन गरेका छन् । जुन कुल आईपीओ पाउने संख्या ४८ हजार ७९० भन्दा १७ लाख ५ हजार ७२७ अधिक हो ।

इच्छुक लगानीकर्ताले माघ २१ देखि २५ गतेसम्म सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।