नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७आएको छ।
कम्पनीले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ। तर आइतबार कम्पनीको सेयरमा बिक्रीको चाप परेपछि सेयर मूल्य पनि घटेको छ।
कुनै समय ३ हजार रुपैयाँसम्म सेयर मूल्य पुगेको कम्पनीको सेयर आइतबार एकैदिन १२४ रुपैयाँले घटेको छ। ७.६१ प्रतिशतले सेयर मूल्य घटेर १ हजार ५ सय ६ रुपैयाँ कायम भएको छ। कम्पनीकाे २ लाख ७९ हजार कित्ता किनबेच हुँदा ४२ कराेड ४७ लाख रुपैयाँकाे काराेबार भएकाे छ।
कम्पनीले खासगरी ४० प्रतिशतसम्म लाभांश आश गरेका लगानीकर्ता थोरै लाभांशले आत्तिएर बिक्री गर्न थालेपछि सेयर मूल्यमा भारी गिरावट आएको हो।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तुलनामा लाभांश घटेको हो। यसअघि इन्स्योरेन्सले ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७७/७८ को पनि लाभांश घोषणा हुन बाँकी नै रहेको छ।
