साताको पहिलो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४० अंकले र सेन्सिटिभ ७.७३ अंकले घटेको हो।
घटेको बजारमा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५ सय १० रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
आजको कारोबारमा २२८ सेयर सामेल भए। जसअनुसार दिनभरिमा ७३ हजार १ सय ९२ पटक खरिदबिक्री भएको थियो।
आज नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक ८.०८ प्रतिशत कमाएका छन्। त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले ३.८०, शिखर इन्स्योरेन्सका लगानीकर्ताले ३.१७ प्रतिशत, साहस ऊर्जाका लगानीकर्ताले २.८६ प्रतिशत र ८.७५ प्रतिशत प्राइम डिबेन्चरका लगानीकर्ताले २ प्रतिशतमात्रै आम्दानी गरेका छन्।
आजको कारोबारमा वीन नेपाल लघुवित्तका सेयरधनीले सर्वाधिक १० प्रतिशत गुमाएका छन्। यसबाहेक नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ७.६१ प्रतिशत, बुद्धभूमि नेपालका लगानीकर्ताले ६.४५ प्रतिशत, तेह्रथुम पावरका लगानीकर्ताले ४.४१ प्रतिशत र छ्याङ्दी हाइड्रोका लगानीकर्ताले ४.३९ प्रतिशत गुमाएका छन्।
आज अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक ५४ करोडको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेनसको पनि ४२ करोडको किनबेच भएको छ। त्यस्तै अपि पावरको २५ करोड, नेशनल हाइड्रोको २४ करोड र माथिल्लो तामाकोशीको २२ करोडको सेयर कारोबार भएको छ।
