विद्युतीय भुक्तानी सेवा कम्पनी र काराेबारमाथि राष्ट्र बैंकको निगरानी

२३ माघ २०७८, आईतवार ०७:२१

पछिल्लो समयमा गैरकानुनी रुपमा क्रिप्टो करेन्सीको कारोबार बढेपछि अवैधानिक बाटोबाट हुने विदेशी मुद्राको कारोबार निरुत्साहित गर्नका लागि नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक तथा प्रदायक माथि विशेष निगरानी सुरु गरेको छ ।

पछिल्लो समयमा रेमिट्यान्समा आएको कमी तथा विदेशी विनिमय सञ्चितिमा गिरावट आएपछि नेपाल राष्ट्र बैंकले गैरकानुनी रुपमा हुने विदेशी मुद्राको कारोबार नियन्त्रण गर्ने नीति लिएकाे छ  । सो नीति अनुसार क्रिप्टो करेन्सीको कारोबार गैरकानुनी भएपनि त्यसका संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम पनि बढेको छ ।

क्रिप्टो कारोबार मार्फत विदेशी मुद्राको अवैधानिक कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा सञ्चालक तथा प्रदायकहरुको कारोबारलाई विशेष निगरानीमा राखेर अध्ययन थालेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले  बताए । पछिल्ला दिनहरुमा क्रिप्टो कारोबारमा संलग्न नेपालीहरुको संख्या ह्वात्तै बढेपछि त्यसलाई निरुत्साहित गर्न खोजिएको छ । निरुत्सािहत गर्ने क्रममा सरकारले केही क्रिप्टो कारोबारवारीलाई पक्राउ गरेको छ भने केहीलाई मुद्दा चलाएको छ । प्रहरी प्रसाशनले पनि सक्रियता बढाउन थालेपनि क्रिप्टो कारोबार पक्राउने पर्ने क्रम बढ्दै गएको छ ।