प्रभाव दैनिकका सम्पादक कमल राईको निधन

२० माघ २०७८, बिहीबार २०:११

प्रभाव दैनिकका सम्पादक कमल राईको निधनभएको छ । ४५ वर्षीय पत्रकार राईको उपचारका क्रममा काठमाडौँको मित्रपार्कमा रहेको नेपाल–भारत मैत्री अस्पतालमा बुधबार राती निधन भएको हो ।

राती हृद्यघात भएपछि पत्रकार राईलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।

सम्पादक राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य समेत हुन् ।