लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि औपचारिक रुपमा उद्घाटन

२० माघ २०७८, बिहीबार २०:०३

कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्यताको साथमा   औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

“घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा माइती नेपाल, आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नि.प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख युमा उपाध्याय,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा ईश्वरी प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै विभिन्न ब्यक्तिहरु पनि मन्तब्य राखेका थिए । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न कृष्णनगर नगरपालिका का नि. प्रशासकीय अधिकृत चन्द्र राम चौधरीले बताए । कार्यक्रममा माइती नेपालका कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव , पत्रकार, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी लगायत अन्यको उपस्थित रहेको थियो । कार्यक्रम कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्यायले सन्चालन गरेका थिए।