सात लाख माथिको कारोबार गर्नेको विवरण उपलब्ध गराउन निर्देशन

२० माघ २०७८, बिहीबार ०८:२९

नेपाल राष्ट्र बैंकले २०७८ साउन १ गतेदेखि पुष ३० गतेसम्म ७ लाखभन्दा बढी नगदमा भएका कारोबारको विवरण ६ दिनभित्र उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई पत्राचार गरेको छ।

‘क’ वर्गका बैंकका कार्यकारी अधिकृतहरुलाई सम्बोधन गरी माघ १८ गते प्रेसित नेपाल राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक रोशन कुमार सिग्देलबाट प्रेसित पत्रमा सम्पत्ति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तिय लगानीको निवारणको विषयमा अनुसन्धानका लागि यही माघ २४ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

नेपाल राष्ट्र बैंकले सबै ‘क’ वर्गका बैंकहरुसंग मागेको विवरणअनुसार अब ती बैंकहरुले क्रम संख्या, खाता बाहकको नाम, खाता नम्बर, कारोबार रकम, डेभिड क्रेडीटको अबस्था, कारोबार गरेको मितिहरु, सीबीएस जानकारी, कन्डक्टर डिटेल, टिप्पणीसहित फरम्याटमा कारोबारको विवरणहरु उपलब्ध गराउनुपर्नेछ।