
काठमाडौं । एमसीसीको चर्को विरोध भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित हुने बताएका छन् । देउवाले एमसीसी पनि पारित हुने र चुनाव पनि समयमै हुने जानकारी गराएका हुन् ।
उनले एमसीसी पारित गरेपछि चुनावको मिति घोषणा गर्ने समेत बताएका छन् । आज बागमती प्रदेश नेपाली कााग्रेसका पदाधिकारीहरुसँगको भेटघाट गर्दै देउवाले मिति तोकेरै भने,‘जेठ ४ मा स्थानीय तहको चुनाव हुन्छ ।’
देउवाले एमसीसी पनि पारित हुनेमा ढुक्क हुन भनेको भेटमा सहभागी एक नेताले बताए । देउवाले चुनावको तयारीमा लागिहाल्न समेत भनेका थिए । चुनावमा काँग्रेसलाई विजयी बनाउनुपर्ने भन्दै आफूले सबैलाई मिलाएर लाने बताए । देउवाले तीनै तहको चुनाव समयमै हुने स्पष्ट पारेका थिए ।
